अश्वारा खानेपानी २०४३ सालबाट संचालनमा आएपनि व्यवस्थित रुपमा भने २०६१ साल देखि आएको थियो । अस्तव्यस्त रहेको खानेपानीलाई जनभावना असल शासन क्लबका अध्यक्ष ओपेन्द्र बस्नेतको नेतृत्वमा गठित समितिले २०६१ मा जिल्ला जलस्रोत कार्यालय दाङमा विधान दर्ता गरेर व्यवस्थि गर्ने काम गरेको थियो ।आज झण्डै ६ सय धारा उपभोक्ताको घर–घरमा पुगेका छन् । यतिले मात्र खानेपाीको कर्तव्य पुरा भएको छैन । अझै गर्नुपर्ने काम असंख्य मात्रामा छन् । यसका लागि हामीले केहि रणनीतिहरु अघि सारेका छौ । – खानेपानी सुरक्षा योजनाको कार्यान्वयन र खानेपानी शुद्धिकरणका घरायसी तरिकाहरूबारे सामुदायिक चेतना विस्तार गरी खानेपानीको गुणस्तर वृद्धि गर्र्ने ।– खानेपानीको सुविधाबाट बञ्चित जनसंख्यासम्म खानेपानी पुगेको सुनिश्चित गर्ने रणनीतिको विकास गर्ने ।– खानेपानी वितरण प्रणालीको उपयोगिता, वितरण क्षेत्र, दिगोपन र विश्वसनीयतालाई सुदृढिकरण गर्ने । अन्तमा हाम्रो साइट भिजिट गर्नुभएकोमा यहाँहरुलाई हार्दिक धन्यवाद छ । खानेपानीलाई व्यवस्थित गर्न यहाँसंग कुनै सल्लाह, सुझाव भए प्रतिकृया दिनुहोला ।
अध्यक्ष
Phone: ९८६०८५३३९१
सचिव
Phone: ९८५७८२२४५२
कार्यालय सचिव
Phone: ९८६५११०१९२८